सेयर बजारमा नयाँ उत्साह, कारोबारको समय अब दैनिक ५ घण्टा

सेयर बजारमा नयाँ उत्साह, कारोबारको समय अब दैनिक ५ घण्टा

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  पछिल्ला केही महिनायता सेयर बजारमा नयाँ उत्साह थपिएको छ । दैनिक कारोबार रकम ५ अर्ब हाराहारीमा पुग्न लागिसकेको छ ।

अहिले दैनिक ४ घण्टा सेयर कारोबार हुँदै आएको छ ।  सेयर कारोबारको समय दैनिक १ घण्टा बढाएर १० देखि ३ बजेसम्म गरिने भएको छ। अहिले ११ बजेदेखि ३ बजेसम्म कारोबार हुँदै आएको छ। नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०ले दैनिक ४ घण्टा सेयर कारोबार गर्दै आएको थियो। अब दैनिक ५ घण्टा सेयर कारोबार हुने भएको छ।

सेयर बजारलाई नियमन गर्दै आएको नेपाल धितोपत्र बोर्डले दैनिक ४ घण्टा हुँदै आएको सेयर कारोबारलाई आगामी दिनमा ५  घण्टा पुर्‍याउने गरी काम गर्न नेप्सेलाई पत्राचार गरको छ।

अहिलेको प्रारम्भिक छलफल अनुसार बोर्डले बिहान साढे १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म सेयर कारोबार गर्नका लागि उचित हुने निष्कर्ष निकालेको छ । यसैअनुसार नेप्सेसँग पन रायसुझाव मागेको हो । यता, नेप्सेले पनि बोर्डले पत्र पठाएको स्वीकार गरेको छ । तर, हालसम्म यसबारेमा नेप्सेमा अहिलेसम्म औपचारिक छलफल भने भइसकेको छैन ।

Recent Comments

No comments to show.