यही साता टिचिङ अस्पतालमा प्रधानमन्त्रीओलीको मृगौला प्रत्यारोपण गरिने

यही साता टिचिङ अस्पतालमा प्रधानमन्त्रीओलीको मृगौला प्रत्यारोपण गरिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मृगौला प्रत्यारोपण गरिने भएको छ ।

आइतबारको पार्टी सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आगामी बुधबार आफ्नो मृगौला प्रत्यारोपण हुने जानकारी दिएका हुन् ।

प्रधानमन्त्री सोमबार नै त्रिवि शिक्षण अस्पतालमा भर्ना हुने  र बुधबार प्रत्यारोपण हुने  नेकपा स्रोतले जनाएको छ । नेकपा सचिवालय बैठकले ओलीलाई स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको २०६४ साउनमा भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसयता उनले नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन् ।

Recent Comments

No comments to show.