किन बर्सियो बच्चा बोकेकी महिलामाथि लाठी, के थियो विवाद ?

किन बर्सियो बच्चा बोकेकी महिलामाथि लाठी, के थियो विवाद ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रहरीका निरिक्षक (इन्स्पेक्टर) देवीप्रसाद पौडेलले महिला अधिकारवादी अभियन्ता बताउने हेमा श्रेष्ठलाई लाठीचार्ज गरेको भिडियो भाइरल बनेको छ ।

यूट्युब लगायत सामाजिक सञ्‍जालहरुमा बिहीबार अपराह्नदेखि भाइरल बनेको भिडियोमा एक जना प्रहरी निरिक्षक (इन्सपेक्टर) काखमा बच्चा बोकिरहेकी महिलालाई लाठीले पछाडिबाट जोडजोडले हिर्काउँदै कुनै एक घरको प्रवेशद्वारतर्फ खेदाइरहेका देखिन्छन्।

साथमा रहेकी महिला प्रहरी भने टुलुटुलु हेरिरहेकी छन् । प्रहरीको निर्मम कुटाई खाने ती महिला हेमा श्रेष्ठ हुन्, जो आफै पनि पछिल्ला केही महिनायता सामाजिक सन्जालहरुमा भाइरल छिन्।

श्रीमानले अन्याय गरेको, हेला गरेको भन्दै बच्चा काखमा च्यापेर प्रहरी कार्यलयमा देखिने गरेकी हेमालाई यूट्युबरले लगातार पछ्याइरहेका छन्। तर बिहीबारको यो घटनाको कथा भने बेग्लै छ।

यो प्रकरणको चुरो कुरोचाहिँ श्रेष्ठले अधिकार दिलाउनका लागि नेपाली सेनाका पूर्वजर्नेलको घर पुगेकी माला शाहसँग जोडिएको छ ।

सहायक रथीबाट अवकाश पाएका हेम खत्री र शाहको आपसी सम्बन्धमा ‘न्याय’ मागिदिन श्रेष्ठ आफ्नो बच्चासहित पुगेकी थिइन् ।

इन्स्पेक्टर पौडेल पूर्वजर्नेलको घरको सुरक्षाका नाममा त्यहाँ पुगेका थिए । श्रेष्ठलाई कुटी कुटी उनले लेखेटका छन् ।

शाहले जर्नेल खत्रीलाई २० लाख दिएको र आफ्ना पति भएको दाबी गर्दै आइरहेकी छन् ।

गएको भदौमा नै प्रहरी परिसर ललितपुरमा पुगेको यो विवादको विषयसँग प्रहरी अनभिज्ञ थिएन । शाहले सामाजिक सञ्जालमार्फत पनि खत्री आफ्ना पति भएको दाबी गरेकी थिइन् ।

शाहको माग थियो– पत्नी भएको नाता प्रमाणित गरिदिनुपर्ने । युद्धका बेला शाहलाई खत्रीले सूचना ल्याउने व्यक्तिका रुपमा व्याख्या गरेका छन् ।

प्रहरीका अनुसार गत कात्तिक २७ गते भैँसेपाटीमा आफूलाई तीन जना महिलाले पिटेको भन्दै खत्री प्रहरीकहाँ उजुरी लिएर पुगेका थिए। उजुरी मालाविरुद्ध पनि थियो।

कात्तिक २८ गते प्रहरी सम्पर्कमा आएकी मालाले आफू २२ वर्षदेखि खत्रीकी प्रेमिका रहेको र डेरा लिएरै राखेको तर पछिल्लो समय आफूलाई छाडेर हिँडेको बताएकी थिइन्।

यो विषयमा प्रहरीले मध्यस्तता गरेको थियो । सोही निरन्तरताका क्रममा यो घटना अगाडि आएको हो ।

Recent Comments

No comments to show.