दुई लाख ४० हजार चालक अनुमतिपत्र छापियो

दुई लाख ४० हजार चालक अनुमतिपत्र छापियो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – ठूलो क्षमताको छपाइ उपकरण (मास प्रिन्टर) सञ्चालनमा आएसँगै दुई लाख ४० हजार भन्दा बढी ‘स्मार्ट’ चालक अनुमतिपत्र छापिएको छ। 

झण्डै आठ लाख छाप्नु पर्नेमध्ये अहिलेसम्म उक्त चालक अनुमतिपत्र छापिइसकेको यातायात व्यवस्था विभागले जनाएको छ ।

झण्डै पाँच लाख ५० हजार अनुमतिपत्र छाप्न बाँकी छ। विभागले तीन चरणमा उपकरण सञ्चालन गरेर बाँकी अनुमतिपत्र छापिरहेको महानिर्देशक गोगनबहादुर हमालले बताए।

आगामी असारसम्ममा बाँकी अनुमतिपत्र छापिसक्ने विभागको लक्ष्य छ। महिनामा एक लाख ५० हजारभन्दा बढी अनुमतिपत्र छपाइ भइरहेको छ। यही गतिमा काम अघि बढ्दा आगामी असारसम्ममा सकिने हमालले  बताए ।

कतिपय कार्ड छापिएको लामो समयसम्म सेवाग्राही लिन नआउँदा व्यवस्थापनमा कठिन भएको यातायात व्यवस्था कार्यालयले जनाएको छ । अनुमतिपत्र परीक्षा लिने र वितरणको काम प्रदेश कार्यालबाटै सञ्चालन भइरहे पनि छाप्ने काम विभागले गर्दै आएको छ ।

Recent Comments

No comments to show.