एजेन्सी- इरानका स्वास्थ्य मन्त्रालयको प्रवक्ता किनोश जहाँपोरले उपराष्ट्रपति एब्तेकारलाई कोरोनाको संक्रमण भएको जनाएका छन् । उपराष्ट्रपति एब्तेकारलाई संक्रमण भेटिएसँगै पश्चिम एसियाका देशहरुमा कोरोनाबाट संक्रमितको संख्या २ सय ४५ पुगेको जनाइएको छ ।
हालसम्म इरानमा मात्रै कोरोनाको कारण मृत्यु हुनेको संख्या २६ पुगेको पुष्टि भएको छ । यसअघि इरानकै उपस्वास्थ्यमन्त्रीमा कोरोना भाइरसको संक्रमण भेटिएको थियो ।
एब्लेकारको अवस्था सामान्य भएकाले उनी अस्पतालमा भर्ना नभएको स्थानिय सञ्चारलाई उदृत गर्दै स्काइन्युजले लेखेको छ ।
प्रतिक्रिया