राज्यमन्त्रीका सल्लाहकारले गरे किशोरी बलात्कार

राज्यमन्त्रीका सल्लाहकारले गरे किशोरी बलात्कार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार अमृतकुमार घले १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरी हिरासतमा छन् ।

उनले एक किशोरीलाई अमेरिका लैजाने प्रलोभन देखाएर चार दिनसम्म बन्धक बनाएर बलात्कार गरेको आरोप छ ।

उनले १२ कक्षा पढ्ने १७ वर्षीय एक किशोरीलाई अपहरण गरेर चार दिनसम्म बन्धक बनाइ बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

गत माघ २७  बनेपाबाट काठमाडौं आउँदै गरेका उनले सडक छेउको बस स्टपमा उभिएकी एक जना किशोरीलाई लिफ्ट दिएर ललाई फकाइ गरेर अमेरिका लैजाने प्रलोभनमा चार दिनसम्ब बन्धक बनाएर बलात्कार गरेको प्रहरी अनुसन्धानले देखाएको हो ।

छोरी हराएको विषयमा परिवारका सदस्यले प्रहरीमा उजुरी दिएपछि प्रहरीले खोजतलास गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीका अनुसार दिनभर अपरेशन चलाएर किशोरीलाई राखिएको ठाउँबाट उद्धार गरिएको हो ।

Recent Comments

No comments to show.