यामाहाका स्कुटर किस्तामा किन्नेले व्याज तिर्नु नपर्ने

यामाहाका स्कुटर किस्तामा किन्नेले व्याज तिर्नु नपर्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-यामाहाको लागि नेपालको आधिकारीक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले आफ्ना स्कुटर खरिदमा व्याज नलाग्ने अफर योजना ल्याएको छ ।

कम्पनीले आफ्ना चर्चित स्कुटर फेसिनो र रे जेडआर स्कुटर किन्न चाहने ग्राहकले ४० देखि ५० प्रतिशतसम्म डाउन पेमेन्ट गरेर बाँकी रकम बिना व्याजमा कर्जा लिएर खरिद गर्न सक्ने  जनाएको छ । 

यामाहाका स्कुटर किन्न चाहने ग्राहकले यामाहाको आधिकारीक शोरुमबाट यो सुविधा प्राप्त गर्न सक्ने छन् ।

अहिले कम्पनीले बिक्री वितरण गर्दै आएको फेसिनो र रे जेडआरका बिभिन्न भेरियन्टमा उपलब्ध रहेको छ । कम्पनीले फेसिनो(यूएसबीको मूल्य २ लाख १२ हजार ९०० रुपैयाँ तोकेको छ भने रे जेड९यूएसबीको मूल्य १ लाख ९५ हजार ९०० रुपैयाँ रहेको छ ।

त्यसैगरी रे जेडआर डिस्कको मूल्य २ लाख १० हजार ९००, रे जेडआर ड्रमको मूल्य १ लाख ९५ हजार ९०० रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ । कम्पनीले बिक्री गर्दै आएको सबैभन्दा महंगो मोडलको मूल्य २ लाख २० हजार ९०० रुपैयाँ रहेको छ ।

Recent Comments

No comments to show.