नेपालीको मोबाइल मोहः २९ देशबाट भित्रियो १३ अर्बका मोबाइल

नेपालीको मोबाइल मोहः २९ देशबाट भित्रियो १३ अर्बका मोबाइल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन ।  प्रविधिको विकासले विश्वमा नयाँ नयाँ मोबाइलको विकास हुँदै गएको छ। मोबाइलको विकाससँगै यसले अरू विद्युतीय माध्यमलाई विस्थापित गर्दै गइरहेको छ। 

मोबाइलमा नै रेडियो, क्यामेरा, घडी, टर्चको सुविधा विकास भएपछि यी सामग्रीको प्रयोग कम हुँदै गएको छ। 

नेपालीमा मोबाइलको मोह बढ्दै गएपछि चालू आर्थिक बर्षको सात महिनामा १३ अर्ब बराबरको मोबाइल आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार सात महिनाको अवधिमा २९ देशबाट ३३ लाख ३५ हजार ७ सय सेट मोबाइल नेपालमा भित्र्याएका हुन् । गत बर्षको सोहि अवधिमा ११ अर्ब १२ करोड बराबरको मोबाइल आयात भएको थियो ।  

बढी मोबाइल नेपाल आयात गर्नेमा चीन, भारत र भियतनाम रहेका छन् । चीनबाट मात्र नेपालमा झन्डै सात अर्ब बराबरको २६ लाख सेट मोबाइल आयात भएको छ  ।

त्यस्तै भारत, भियतनाम, हङ्कङ, जापान, कोरिया, मलेसिया लगाएतका देशबाट समान्य रुपमा मोवाइल सेट नेपाल आयात भएका   छन । 

बालकदेखि वृद्धसम्म सबै किसिमको जानकारी पाउन र पठाउन मिल्ने विद्युतीय माध्यमका रूपमा मोबाइल मानवजीवनको अभिन्न अंगजस्तै पर्यायवाची बन्दै गएको छ। 

 नेपालमा पनि नयाँ नयाँ मोबाइल आयात हुँदै गएका छन्। रोजगारीमा गएका नेपाली, विदेश भ्रमणमा गएका व्यक्तिका साथै अध्ययनका लागि विदेशिएका नेपालीबाट पनि मोबाइलको आयात बढ्दो क्रममा रहेको अवस्था छ।

Recent Comments

No comments to show.