काठमाडौं– नेपाल प्रहरीले खैरो हिरोइनसहित युवतीलाई पक्राउ गरेको छ।
नागढुंगाबाट खटिएको प्रहरी टोलीले काँकडभित्ताबाट काठमाडौं आउँदै गरेको ना ७ ख ५७०२ नम्बरको बसमा खैरो हिरोइन सहित एक जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा, शिव सतासी नगरपालिका–११ बस्ने २३ वर्षीया वीना डाँगी रहेको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले ४.२६ ग्राम अवैध लागूऔषध खैरो हिरोइन बरामद गरेको छ ।
पक्राउ परेकी डाँगीलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार आवश्यक अनुसन्धान तथा कारवाही गरिने प्रहरीले जनाएको छ।
प्रतिक्रिया