‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाको काम ६० प्रतिशत पूरा

‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाको काम ६० प्रतिशत पूरा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन ।  राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाको काम  ६० प्रतिशत भन्दा बढी   भएको छ । 

पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट नुवाकोटको देवीघाट–त्रिशूली–रसुवाको मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी हुँदै चीनको केरुङ प्रवेशद्वारसम्म जोड्ने ८२ किमि सडक निर्माण २०७३ कात्तिक २२ को मन्त्रिपरिषद् निर्णयअनुसार सोही वर्षको पुसदेखि शुरु भएर विसं २०७८ भित्र पूरा गर्ने लक्ष्य रहेको  योजना प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिएका छन। 

मुआब्जा निर्धारण, विद्युतीय खम्बा स्थानन्तरण, सडकको सीमा निर्धारण, पहिरोलगायतका कारण काम गर्न आएको अवरोध हटाउँदै निरन्तररुपमा योजना अघि बढाएको निर्माण व्यवसायी संस्था तुण्डी कन्सट्रक्सने जनाएको छ ।

२०७३ कात्तिक २२ को मन्त्रिपरिषद् निर्णयअनुसार सोही वर्षको पुसदेखि शुरु भएर विसं २०७८ भित्र पूरा गर्ने लक्ष्य रहेको योजना रहेको छ।

कुल ८२ किमि लम्वाई र ३० मि. चौडाइको सडक सीमा कायम गरिएको यस सडकको निर्माण २ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ।

गल्छी-त्रिशुली-वेत्रावती-मैलुङ्ग खण्डमा ६ किमि सडक कालोपत्रे  र ७.५ किमि ग्राभेल र ५.५ किमी सडक चौडा गर्ने कार्य सम्पन्न भएको  छ।

चालु आर्थिक वर्षमा यो आयोजनाको लागि १ अर्ब ५७ करोड ८६ लाख बजेट विनियोजन भएकोमा समीक्षा अवधिमा ६३ करोड ३५ लाख अर्थात लक्ष्यको ४०.१ प्रतिशत खर्च भएको छ ।

Recent Comments

No comments to show.