काठमाडौं- प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले टोटनहमलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।
ओलिभर जेरुड र मार्कोस अलन्सोले एक एक गोल गरेपछि चेल्सी विजयी बन्यो ।
टोटनहमका लागि पनि चेल्सीका खेलाडी एन्टोनियो रुडीगरले आत्मघाती गोल उपहार दिए । खेलको १५ औं मिनेटमै जेरुडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।
४८ औं मिनेटमा अलन्सोले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । खेलको अन्त्यतिर रुडीगरले आत्मघाती गोल गरेका थिए ।
टोटनहमको खातामा एक गोल चेल्सीका एन्टोनियो रुडीगरले आत्मघाती गोलको कारण बन्यो ।
२७ खेल खेलेको चेल्सीको ४४ अंक हुँदा चौथो स्थानमा रहेको छ । पराजित टिम टोटनहमको ४० अंक हुँदा पाँचौं स्थानमा रहेको छ ।
प्रतिक्रिया