काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार मुलुकभर पश्चिमी न्युन चापिय प्रणालीको असर कायमै रहेकाले आज साँझ पनि पहाडी भू – भागका केही स्थानमा हल्का बर्षा हुने संभावना रहेको जनाएको छ।
देशका पहाडी भू-भागका थोरै स्थानहरुमा आज चट्याङसहित बर्षाको सम्भावना रहेको तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।
सोमबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ भने मध्य, पूर्वी तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मंगलबार भने पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भेगको मौसम साफा रहने महाशाखाको आंकलन छ ।
प्रतिक्रिया