भारतको तीर्थयात्रा गएका १० नेपालीको बस दुर्घटनामा मृत्यु

भारतको तीर्थयात्रा गएका १० नेपालीको बस दुर्घटनामा मृत्यु

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दक्षिण भारतमा रहेको तीर्थस्थलको भ्रमण गएका १० नेपालीको बस दुर्घटनामा मृत्यु भएको छ ।

माघ २३ गते इटहरीबाट एक महिने तीर्थयात्रामा गएका नेपालीहरुको  बुधबार राति दक्षिण भारतीय राज्यको तमिलनाडुको सालेममा भएको बस दुर्घटनामा  मृत्यु भएको हो।

मृत्यु हुनेमा सबैजाना सुनसरी इटहरी रहेका छन् । को१ख ५३३४ नम्बरको बस विपरीत दिशाबाट आएको बससँग ठोक्किदा मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ। केहीको घटनास्थलमै मृत्यु भएको थियो भने केहीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा ७० वर्षीय रसिलाल चौधरी, ७० वर्षीय वीरबहादुर राई, ६६ वर्षीया बुधनी थरुनी, ६५ वर्षीया फूलसरीदेवी चौधरी, ६५ वर्षीय गोपाल तामाङ, ६५ वर्षीय टीकाराम चौधरी, ६५ वर्षीया मञ्जु राई रहेका छन्।

त्यस्तै, रसिलालका पिता पवनलाल चौधरी, फूलसरीका पिता भजनलाल चौधरी र बुधनी चौधरीका श्रीमान केदार चौधरीको मृत्यु भएको छ। यद्यपि, उनीहरुको उमेर भने खुल्न बाँकी रहेको छ। टोलीमा ३४ जना रहको प्रहरीले जनाएको छ।

Recent Comments

No comments to show.