काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध गरको छ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग गरिएको कमिसन बारेको कुराकानीको अडियो सार्वजनिक भएको भन्दै कांग्रेसले सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त नगरेसम्म राष्ट्रियसभा बैठक चल्न नदिने घोषणा गर्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो।
कांग्रेसको अवरोधका कारण राष्ट्रियसभाको बैठक फागुन १५ गतेसम्मका लागि स्थगित गरिएको छ।
प्रतिक्रिया