काठमाडौं– स्वास्थ्य मन्त्रालयले चीनको वुहानबाट फर्काइएका १७५ जनामा कोरोना भाइरस (कोभिड-१९)को कुनै संक्रमण नभएको जानकारी दिएको छ।
क्वारेन्टाइनमा राखिएका सबै जनाको नाक र घाँटीको र्याल परीक्षण गर्दा कोरोना भाइरसको कुनै पनि संक्रमण नदेखिएको मन्त्रालयले स्पष्ट पारेको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परिक्षणमा उनीहरूमा कोरोना नेगेटिभ भएको पाइएको हो ।
उनीहरुलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ ।
उनीहरुको अब १४ दिनपछि फेरी स्वास्थ्य परिक्षण गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया