बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको ६५ प्रतिशत घरजगा धितोमा

बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको ६५ प्रतिशत घरजगा धितोमा

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रमा प्रवाहित निक्षेप तथा कर्जा लगानी बढेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.६ प्रतिशतले बढेको हो ।

चालू आर्थिक वर्षको पहिलो ६महिनाको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाले ६४.९ प्रतिशत कर्जा घरजग्गा धितोमा दिएका छन् ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १२. ७ प्रतिशतले बढेको थियो ।

वार्षिक विन्दुगत आधारमा चालू आवको पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १५.१ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फ ९.६ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फ ८.७ प्रतिशत, निर्माण क्षेत्रतर्फ ९.४ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ ८.९ प्रतिशत र सेवा क्षेत्रतर्फ १०.६ प्रतिशतले कर्जा बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा १५.८ प्रतिशत, ओभरड्राफ्ट कर्जा ५.४ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा २.४ प्रतिशत, डिमान्ड तथा चालु पुँजी कर्जा १०.१ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ८.० प्रतिशत, हायर पर्चेज कर्जा १.१ प्रतिशत र मार्जिन प्रकृतिको कर्जा ०.६ प्रतिशतले बढेको छ ।

यस्तै, बैंक तथा वित्तीय संस्थाले १३.५ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह गरेका छन् । गत वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले घरजग्गा धितोमा ६३.१ प्रतिशत र कृषि तथा गैर–कृषिजन्य वस्तु धितोमा १४.५ प्रतिशत कर्जा प्रवाह गरेका थिए ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फ ९.६ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फ ८.७ प्रतिशत, निर्माण क्षेत्रतर्फ ९.४ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ ८.९ प्रतिशत र सेवा क्षेत्रतर्फ १०.६ प्रतिशतले कर्जा बढेको छ ।

Recent Comments

No comments to show.