कांग्रेसका नेता तथा पूर्व सांसद ज्ञवालीको निधन

कांग्रेसका नेता तथा पूर्व सांसद ज्ञवालीको निधन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद भागवत ज्ञवालीको निधन भएको छ ।

ज्ञवालीको  ७५   वर्षको उमेरमा ललितपुरको अल्का अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान  निधन भएको हो ।

विक्रम सम्वत् २००१ साल कार्तिक एक गते जन्मेका ज्ञवाली २०४८ को आम निर्वाचनमा तत्कालीन गुल्मी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा विजयी भएका थिए ।

ज्ञवाली नेपाली कांग्रेस जिल्ला कार्यसमिति गुल्मीका प्रथम सभापति थिए ।

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

‘नेपाली कांग्रेस गुल्मीका पूर्व सभापति एवं पूर्व सांसद, गुल्मीका निष्ठावान अग्रज नेता भागवत ज्ञवालीको निधनको समाचारले मलाई अत्यन्त दुःखीत र स्तब्ध बनाएको छ । स्वर्गीय ज्ञवालीले नेपालको प्रजातान्त्रिक÷लोकतान्त्रिक आन्दोलनहरु तथा नेपाली कांग्रेसको संगठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट पार्टीले एक निष्ठावान नेतृत्वलाई गुमाएको छ र पार्टीलाई अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो दुःख व्यक्त गर्दछु । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना गर्दछु । साथै, उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु,’ देउवाले शोक वक्तव्यमा उल्लेख गरेका छन् ।

Recent Comments

No comments to show.