कारागार भित्रै कैदीबन्दीको मृत्यु

कारागार भित्रै कैदीबन्दीको मृत्यु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम, ६ फागुन ।  अछामको जिल्ला कारागारमा सुतेको अवस्थामा एक कैदी मृत भेटिएका छन् ।

जिल्ला कारागार कार्यालय अछामममा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तानी गरिरहेका जिल्लाको पञ्चदेवल–विनायक नगरपालिका–६ तोलिका ४२ वर्षीय जितेन्द्र विक कारागारभित्रै मृतावस्थामा भेटिएका हुन् ।

मंगलबार बिहान ढिलोसम्म उहाँ नउठेपछि अन्य कैदीबन्दीले हेर्दा मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।

मृतकका आफन्तलाई बोलाइएको र आफन्त आइसकेपछि शवपरीक्षण गरिने जनाइएको छ । मृत्युको कारण खुल्न नसकेको र अन्य अवस्थाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

कर्तज्य ज्यान मुद्दामा २०६६ भदौमा जेल परेका विकले १० वर्ष ६ महिना कैद भुक्तानी गरिसकेका र जेलबाट छुट्न सिफारिस हुने क्रममा रहेका थिए । रासस

Recent Comments

No comments to show.