क्यान इन्फोटेकको २६ औँ संस्करणमा कम्पनीहरुबीच बजारीकरणको प्रतिस्पर्धा

क्यान इन्फोटेकको २६ औँ संस्करणमा कम्पनीहरुबीच बजारीकरणको प्रतिस्पर्धा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा गत शुक्रवारदेखि सुरु भएको ‘क्यान इन्फोटेक २०२०० को सूचना प्रविधिसम्बन्धी मेला क्यान इन्फोटेकको २६ औँ संस्करणमा कम्पनीहरुबीच बजारीकरणको प्रतिस्पर्धा चलिरहेको छ ।

१ सय ७४ ओटा स्टलसहितको मेला बुधबारसम्म चल्ने छ । विशेषगरी क्यान इन्फोटेकमा राखिएका विभिन्न सेवाप्रदायकले स्टलबाट दिएको छुटले नै अवलोकनकर्तालाई अकर्षित बनाएको छ । मेलामा सेवामूलक स्टलहरु, इन्टरनेट सेवाप्रदायक कम्पनी, टेलिकम कम्पनी तथा इलेक्ट्रिक कम्पनीको छुटमा अवलोकनकर्ताको भिड देखिन्छ । ठूला व्यावसायिक स्टलमा भन्दा साना तथा दैनिक जीवनमा काम लाग्ने समान राखिएका स्टलमा बढी घुइँचो देखिन्छ ।

गत वर्ष करिब ३ लाख ७६ हजारभन्दा धेरैले अवलोकन गरेको यस प्रदर्शनीमा यो वर्ष ४ लाखभन्दा धेरै अवलोकनकर्ता आउने विश्वास आयोजकको छ ।

Recent Comments

No comments to show.