काठमाडौं– प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा नेकपा निकट अनेरास्ववियू र कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेवि संघ)का कार्यकर्ताहरुबीच झडप भएको छ।
झडपमा करिब १० जनाजति घाइते भएका छन् ।
झडपमा नेविसंघका आविश्कार पौडेल, कुशल बस्नेत,सुमन खड्का र अनेरास्ववियूका संगम देवकोटा, मुकेश कुँवर, धर्म न्यौपाने रहेका छन् । उनीहरुको मोडेल अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार दुवै संगठनका विद्यार्थीबीच शनिबार भएको एउटा पिकनिक (वनभोज कार्यक्रम)का विषयमा झडप भएको हो ।
झडप भएपछि प्रहरीले नेपाल विद्यार्थी संघका केही कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुष्कर बाँस्तोला, सन्जीब ढकाल, रामजी बस्नेत, उमेश गुरुङ र विकु खड्का रहेका छन् ।
पक्राउ परेका विद्यार्थीलाई नेपाल पुलिस क्लबमा राखिएको छ।
प्रतिक्रिया