व्यापार घाटा सुधारतर्फ : निर्यात २६.१ प्रतिशतले बढ्यो

व्यापार घाटा सुधारतर्फ : निर्यात २६.१ प्रतिशतले बढ्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ -चालु आर्थिक वर्षको पहिलो ६ महिनामा व्यापार घाटा सुधारतर्फ गैरहेको देखिएको छ । 

आयात घट्दा र निर्यात बढ्दा व्यापार घाटामा पनि केही सुधार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११.५ प्रतिशतले वृद्धि भएको थियो ।

चालू आर्थिक वर्षको ६ महीनामा कूल वस्तु निर्यात २६.१ प्रतिशतले वृद्धि भइ ५७ अर्ब २८ करोड पुगेको छ । भन्सार विभागले निकालेको तथ्याङ्क अनुसार अनुसार यस अवधिमा भारततर्फ ४५.८ प्रतिशतले निर्यात वृद्धि भएको छ । चीनतर्फ ८.५ प्रतिशत र अन्य मुलुकतर्फ ३.८ प्रतिशतले घटेको छ । पाम तेल, अलैंची, जुटका सामान, आयुर्वेदिक औषधि, दाललगायतका वस्तुको निर्यात बढेको छ । 

जस्तापाता, तार, तयारी पोषाक, जुस, तामाको तारलगायतका वस्तुहरूको निर्यात घटेको छ । पुस मसान्तसम्ममा कूल वस्तु आयात ४ प्रतिशतले घटेर ६ खर्ब ९४ अर्ब ६९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३०.५ प्रतिशतले बढेको थियो ।

भारतबाट भएको आयात ९.१ प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयात १२.१ र ०.४ प्रतिशतले बढेको छ ।

यस अवधिमा कच्चा पाम तेल, हटरोल सिट, रासायनिक मल, मेसिनरी तथा पार्टपुर्जा, विद्युतीय उपकरणलगायतका वस्तुको आयात बढेको छ । बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका साधन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ ।

Recent Comments

No comments to show.