आइतबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार तोलामा ५०० रुपैयाँले बढेर सुनको भाउ प्रतितोला छापावाल ७६ हजार ५०० रुपैयाँ र तेजाबी ७६ हजार २०० रुपैयाँ कायम भएको छ ।
गत साता अन्तिम कारोबारको दिन छापावाल सुनको भाउ प्रतितोला ७६ हजार रुपैयाँले कारोबार भएको थियो ।
आइतवार चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढ्यो ।
शुक्रवार प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा आइतवार ५ रुपैयाँ बढ्दै प्रतितोला ८ सय ८५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया