चीनबाट ल्याइएका १ सय ७५ जनालाई खरिपाटी पुर्‍याइयो

चीनबाट ल्याइएका १ सय ७५ जनालाई खरिपाटी पुर्‍याइयो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चीनको वुहान शहरबाट ल्याइएका एक सय ७५ जनालाई भक्तपुर खरिपाटीमा पुर्‍याइएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि त्यहाँ रहेका १८५ जना नेपालीले स्वदेश फर्किन पाउँ भन्दै दूतावासमा निवेदन दिएका थिए। त्यसमध्ये ६ जनालाई स्वास्थ्य समस्या देखिएपछि विमानस्थलमै रोकिएको छ भने ४ जना स्वदेश फर्किन चाहेनन्।

नेपालीहरुलाई लिएर वुहान विमानस्थलबाट उडेको नेवानिको जहाज आइतबार राति साढे ३ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको सौरभ लुइँटेलले ट्विटरमा जनाएका छन्। १७० जना विद्यार्थी, दुईजना पर्यटक, दुई बालबालिका र एकजना कामदारको उद्धार भएको भिडियो पोस्ट गर्दै उनले सबैलाई धन्यवाद दिएका छन् ।

चीनबाट उद्धार गरिएका सबै र नेपालबाट लिन गएको चालक दल तथा स्वास्थ्यकर्मीसहितको टोलीलाई झन्डै दुई साता खरिपाटीस्थित क्वारेन्टाइनमा राखिनेछ। त्यसपछि स्वास्थ्य परीक्षण गर्दा स्वस्थ देखिएमात्र उनीहरु आफ्नो घर जान पाउनेछन्।

Recent Comments

No comments to show.