संसदमा प्रधानमन्त्रीको सम्बोधन रोक्न कांग्रेसको माग

संसदमा प्रधानमन्त्रीको सम्बोधन रोक्न कांग्रेसको माग

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधिसभामा शुक्रबार  प्रधानमन्त्रीको सम्बोधन रोक्न माग गरेको छ । 

पार्टीका नेता तथा राष्ट्रियसभाका सांसद दुर्गाप्रसाद उपाध्यायको निधनले शोक परेका कारण कांग्रेसले प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न माग गरेको हो ।

बहालवाला सांसदको मृत्यु भएपछि संसदमा शोक प्रस्ताव पारित गरेर अरु कार्यसूचि स्थगित गर्ने परम्परा बमोजिम कांग्रेसले प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न आग्रह गरेको  हो ।

 नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभामा निर्वाचित भएका हुन् । क्यान्सरबाट पीडित उपाध्यायलाई चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचारपछि घर फर्काइएको थियो।

उपाध्यायको जन्म २०२६ सालमा भएको थियो। उपाध्यायका एक श्रीमती, तीन छोरा र दुई छोरी छन्। उपाध्यायको आजै अन्त्येष्टि गरिने बताइएको छ ।

Recent Comments

No comments to show.