सत्य घटनामा आधारित गीत ‘छुट्यो आमा भन्ने रहर’

सत्य घटनामा आधारित गीत ‘छुट्यो आमा भन्ने रहर’

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली गीत संगीतको बजारमा हरेक दिन पृथक शैलीका गीतहरु आइरहेका छन् । मनोरञ्जन, व्याङगात्मक गीतलाई चिर्दै सत्य घटनामा आधारित गीतहरुको संख्या भने कमी नै रहेको पाईन्छ ।

विशेष गरि चाडवाडको परिवेशमा गीतहरुको बाढि नै आउने गरेको छ । समाज, देश र परिवेशलाई भै रहने सत्य घटनामा आधारित निकै मर्मस्पर्सी यथार्थ घट्नामा आधारित ‘छुट्यो आमा भन्ने रहर’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

चन्द्र साउद, दिपेन्द्र साउद र पुष्पा बोहराको स्वर रहेको गीतमा, चन्द्र साउदको संगीत रहेको छ । गीतको भिडियो प्रेम भण्डारीले निर्देशन गरेका हुन् ।

छायांकन अमित र सहिलको रहेको छ र भिडियोको सम्पादन मिराज अर्यालले गरेका छन् । गीतको भिडियोमा झरना बोहरा, दिपेन्द्र साउद र मनिसा साउदको अभिनय रहेको छ ।

आमा भन्ने सब्दनै हाम्रो लागि निकै प्यारो हुने गर्छ तेही आमा साथमा नहुदा जीवन कसरि बित्छ र कति पिडा हुन्छ भने यथार्थ कथालाइ राम्रो सग निर्देशन भण्डारीले प्रस्तुत गरेका छन् ।

Recent Comments

No comments to show.