चीनबाट फर्किएकालाई कसरी राखिन्छ’क्वारेण्टाइ’मा, के-के छ पालना गर्नुपर्ने नियम ?

चीनबाट फर्किएकालाई कसरी राखिन्छ’क्वारेण्टाइ’मा, के-के छ पालना गर्नुपर्ने नियम ?

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चीनस्थित नेपाली दूतावासले चीनको हुबेई प्रान्तबाट आफ्ना नागरिकलाई नेपाल पठाउने तयारी थालेको छ।

चीनमा कोरोना भाइरसको संक्रमण देखिएपछि विभिन्न देशले आफ्ना नागरिकहरु स्वदेश फिर्ता लगिसकेका छन् । नेपालले पनि फागुन ३ गते वाइडबडी विमान चीन पठाउँदैछ ।

वुहानबाट नेपाली विद्यार्थीलाई लिएर जहाज आइतबार बिहान २ः१५ बजे त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा अवतरण गर्नेछ । विभानस्थलमा अवतरण गरेपछि ति विद्यार्थीलाई सिधै खरीपाटी लगिनेछ ।

उनीहरुलाई ल्याएर खरिपाटीमा रहेका प्राधिकरणका भवनहरुमा राखिनेछ । दूतावासले यसअघि नेपाल फर्कन फाराम भरेका १ सय ८० नेपाली विद्यार्थीलाई सर्तनामा फाराम भराएको छ।

फाराममा नेपाल पुगेपछि क्वारेन्टानमा रहँदा कस्तो नियम पालना गर्ने भन्ने उल्लेख छ। चीनबाट उद्दार गरेर ल्याइने नेपाली विद्यार्थीले क्वारेन्टाइनमा १४ देखि १७ दिनसम्म बस्नुपर्ने छ। ची

नमा रहेका नेपालीलाई फर्काएर केही समय राख्नका लागि खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणका दुइटा भवन खाली गराइएको छ ।

प्राधिकरणको दक्षिणतर्फको सबभन्दा तल रहेको प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेल भवन खाली गराइएको हो ।

वुहान जाने टोलीमा ३ पाइलट, ६ क्याबिन क्रु, २ इन्जिनियर, १–१ जना फ्लाइट डिस्प्याचर र लोडमास्टरसहित नेपाली सेनाका चार जना चिकित्सक छन्।

अवतरण गरेपछि जहाजलाई आइकाओको नियमअनुसार ४८ घण्टासम्म अन्य ठाउँमा उडान गर्न मिल्ने छैन। चीनबाट नेपाल आउने विद्यार्थी कोरोना भाइसरबाट संक्रमित छैनन्।

क्वारेण्टाइनमा बसिरहेका उनीहरु संक्रमित नभएको ‘अब्जरवेसन’ का लागि उनीहरु १४ दिन खरिपाटीमा राखिने छ। क्वारेण्टाइनमा बसिरहेका उनीहरु बाहिर निस्कन पाउने छैनन्।

८६ जना स्वास्थ्यकर्मीलाई तालिम दिइए पनि चीनबाट फर्काइएका विद्यार्थीका लागि सेवामा भने दैनिक तीन जना स्वास्थ्यकर्मी खटिने छन्। यसमा एक जना चिकित्सक समेत हुने छन्।

क्वारेण्टाइमा रहेका उनीहरुमा दैनिक स्वास्थ्य परीक्षण हुने छ भने उनीहरुमा कुनै लक्षण देखा पर्ने बित्तिकै उनीहरुलाई अस्पताल पुर्‍याउने व्यवस्था गरिएको छ।

यस्तै क्वारेन्टाइनमा रहँदा कसैले पनि आफ्नो परिवारसँग भेट गर्न पाउने छैनन्। जसमा विद्यार्थीहरूलाई निश्चित समूह बनाएर राखिने छ ।

६ जनासम्मले एउटै शौचालय प्रयोग गर्नुपर्ने विद्यार्थीहरूलाई बताइएको छ। क्वारेन्टाइनमा रहनेका लागि त्यहीँभित्रै खाना, स्वास्थ्य उपचार, संक्रमणको सतर्कतालगायत सबैकुरा व्यवस्थित गरिने भएको छ।

चीनको बुहानवाट फैलिएको कोरोना भाइरसवाट अहिलेसम्म १ हजार ३०० को मृत्यु भैसकेको छ । बिहीवार मात्रै चीनको हुबेइ प्रान्तको बुहानमा २४२ जनाको मृत्यु भएको विभिन्न समाचार एजेन्सीले जनाएको छ । एकै दिन २४२ जनाको मृत्यु अहिलेसम्मकै धेरै हो ।

हालसम्म यस प्रान्तमा मात्र सङ्क्रमण भएका व्यक्तिको सङ्ख्याया ४८ हजार २०६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । उता विश्व स्वास्थ्य सङ्गठनले भने चीनमा देखा परेको उक्त प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने धारणा राखेको छ ।

Recent Comments

No comments to show.