बजेटको आकार १० प्रतिशत घट्यो,अर्थतन्त्रको बलियो देखाउन खोज्दा राजस्वको लक्ष्यमा धक्का

बजेटको आकार १० प्रतिशत घट्यो,अर्थतन्त्रको बलियो देखाउन खोज्दा राजस्वको लक्ष्यमा धक्का

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेटको आकार १० प्रतिशतले घटाएका छन् । सरकारले चालु आर्थिक वर्ष (आव) को लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ बजेट ल्याएको थियो ।

अर्थमन्त्री डा. खतिवडाले आफैले ल्याएको बजेटको मध्यावधी समीक्षा गर्दै बजेटको आकार १० प्रतिशतले घटाएका हुन् । अर्थमन्त्री डा. खतिवडाले चालु आर्थिक वर्षमा १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख रुपैयाँ खर्च हुने संशोधित अनुमान सार्वजनिक गरे । यो रकम विनियोजित बजेटको ९०.४ प्रतिशत मात्रै हो ।

विनियोजित बजेटमा चालु तर्फ ९ खर्ब ४ अर्ब ४६ कारेड ८ लाख (विनियोजित बजेटको ९४.५ प्रतिशत), पुँजीगतफर्त ३ खर्ब २६ अर्ब ८१ करोड २७ लाख (विनियोजित बजेटको ८०.१ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ १ खर्ब ५४ अर्ब ६९ करोड १ लाख (विनियोजित बजेटको ९२.२ प्रतिशत) मात्रै खर्च हुने अनुमान सरकारको छ ।

यस्तै, राजस्व संकलनको लक्ष्य पनि घटाइएको छ । राजस्व संकलनको संशोधित अनुमान शुरू अनुमानको ९५.६ प्रतिशत रहेको छ। चालु वर्षको अन्त्यसम्ममा नेपाल सरकारको स्रोत (राजस्व र आन्तरिक ऋण) बाट ११ खर्व ३२ अर्व ५० करोड रूपैयाँ, वैदेशिक अनुदान तर्फ ४३ अर्ब ५५ करोड ४६ लाख र वैदेशिक ऋण तर्फ २ खर्ब ९ अर्व ९० करोड ९० लाख रूपैयाँ परिचालन हुने संशोधित अनुमान रहेको छ।

Recent Comments

No comments to show.