सिन्धुपाल्चोकको जुगल गुम्बा गाउँमा कोरोना नभएको पुष्टि

सिन्धुपाल्चोकको जुगल गुम्बा गाउँमा कोरोना नभएको पुष्टि

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल सङ्क्रमण भए पनि कोरोना भाइरसको सङ्क्रमणको सम्भावना नरहेको पाइएको छ । 

गाउँपालिकाले कोरोना भाइरसको आशंका गर्दै स्वास्थ्य मन्त्रालयमा पत्राचार गरेपछि इपिडिमियोलोजी तथा  रोग नियन्त्रण महाशाखाको निर्देशनमा बागमती प्रदेश सरकारले चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीलाई बिरामीको स्याम्पल संकलनका लागि प्रभावित क्षेत्रमा पठाएको थियो  ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले आफू मंगलबारबाट यसको अध्ययनमा लागेको र त्यहाँ चीनबाट कसैको पनि आवतजावत नभएकाले कोरोना नभएको बताए।

सो गाउँको यात्रा विवरणबारे बुझ्न लगाएको र निरन्तर अध्ययनमा नै रहेको उनको भनाइ छ। उनका अनुसार सो क्षेत्रमा देखापरेको भाइरल संक्रमणको उपचारका लागि गाउँपालिकाका स्वास्थ्य केन्द्रमा कार्यरत हेल्थ असिस्टेन्ट परिचालन गरिएको छ। बिरामीमध्ये केहीलाई सन्चोसमेत भएको जानकारी आफूले पाएको प्रमुख चापागाईले बताए।

त्यहाँको भाइरल संक्रमणबारे जाँच गर्न आफूहरूले टेकुस्थित सरुवा रोग महाशाखालाई अनुरोध गरेको र महाशाखाले पनि चाडै टोली त्यसतर्फ पठाउने जानकारी गराएको बताए।

सो स्थान गाउँपालिका केन्द्र भएको स्थानबाट दुई घन्टा पैदल दूरीमा छ। जलवीरेबाट चिकित्सकको टोली लिएर गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ त्यहाँ पुगेका छन्।

गाउँमा १५० जनामा रुघाखोकी र ज्वरो देखिएको तथा १० को उपचार भएको छ भने एकको अवस्था गम्भीर रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए। गाउँमा भाइरल संक्रमण भएपछि कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो भएको भन्दै गाउँपालिकाले सहयोगका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचारसमेत गरेको छ। सो स्थानमा तीन दिनदेखि बिरामीको संख्या बढेको छ।

दुईजना स्वास्थ्यकर्मीसहित आवश्यक औषधि, मास्क र पञ्जा लिएर गुम्बा पुगिएको उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिए।

आज बिहानसम्म २०१ ले बिरामी परेको भन्दै नाम दर्ता गराएका छन्। उनीहरूमध्ये १५० जनामा रुघाखोकी र अत्यधिक ज्वरो देखिएको अध्यक्ष श्रेष्ठले बताए। रासस

Recent Comments

No comments to show.