‘विश्वकप क्रिकेट लिग २’ त्रिकोणात्मक सिरिजमा नेपाल र अमेरिका भिड्दै

‘विश्वकप क्रिकेट लिग २’ त्रिकोणात्मक सिरिजमा नेपाल र अमेरिका भिड्दै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– ‘विश्वकप क्रिकेट लिग २’अन्तर्गत त्रिकोणात्मक शृंखलाको अन्तिम खेलमा  बुधबार नेपाल र अमेरिका आमनेसामने हुँदै छ।

त्रिकोणात्मक शृंखलाको खेल विहान साढै ९ बजे किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

शृंखलाको अघिल्लो खेलमा अमेरिकालाई पराजित गरेकाले पनि नेपालको मनोबल उच्च छ। उक्त खेलमा नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो।

नेपाली खेलाडी पनि अमेरिकाविरुद्ध जित निकाल्नेमा आशावादी छन्। तर, अमेरिकालाई सहजै हराउन सक्ने स्थिति छैन। अमेरिका पनि आजको खेल जितेर शृंखलाको सुखद सुरुवात गर्ने दाउमा छ। गत माघ २२ गते सुरु भएको शृंखलामा अमेरिकाले तीनवटै खेलमा पराजय भोगेको छ।

 अंकतालिका :-

लिग अंकतालिकामा ओमान १६ अंकसहित शीर्ष स्थानमा छ। लिगका १० खेल खेलेको ओमानले ८ मा जित र २ मा पराजित भएको छ। ओमान जारी शृंखलामा चार वटै खेलमा विजयी भएको हो। उसले नेपाल र अमेरिकालाई दुई–दुई पटक हराएको छ।

अमेरिका भने १२ अंक बटुल्दै दोस्रो स्थानमा छ। अमेरिकाले लिगका ११ खेलमध्ये ६ मा जित र ५ मा हारको सामना गरेको छ।

Recent Comments

No comments to show.