आइतबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार तोलामा ४०० रुपैयाँले बढेर सुनको भाउ प्रतितोला छापावाल ७६ हजार रुपैयाँ र तेजाबी ७५ हजार ७०० रुपैयाँ कायम भएको छ ।
गत साता अन्तिम कारोबार दिन सुनको भाउ प्रतितोला छापावाल ७५ हजार ६०० रुपैयाँ र तेजाबी ७५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यो दिन पनि सुन तोलामा ४०० रुपैयाँले बढेको थियो ।
उता चाँदीको भाउमा पनि आइतबार गिरावट आएको छ । आइतबार तोलामा ५ रुपैयाँले घटेर चाँदी प्रतितोला ८८० रुपैयाँ कायम भएको थियो । गत साता अन्तिम कारोबार दिन शुक्रबार चाँदीको भाउ ८८५ रुपैयाँ रहेको थियो । यो दिन चाँदी तोलामा १० रुपैयाँले बढेको थियो ।
प्रतिक्रिया