कोरोनाले मृत्यु हुनेको संख्या ८ सय ११ पुग्यो, ३३ हजारमा संक्रमण

कोरोनाले मृत्यु हुनेको संख्या ८ सय ११ पुग्यो, ३३ हजारमा संक्रमण

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चीनमा कोरोना भाइरका कारण मृत्यु हुनेको संख्या ८ सय ११ पुगेको छ। भाइरसका कारण शनिबार सम्ममा ३३ हजार ७ सय ३८ जनामा संक्रमण भेटिएको छ।

चीनको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा शनिबार मात्रै थप ८९ जनाको मृत्यु भएको जनाएको छ। त्यस्तै थप २ हजार ६ सय ५६ जना नया संक्रमणका बिरामी फेला परेको जनाएको छ। चीनमा डिसेम्बरको अन्त्यमा फैलिएको संक्रमणका कारण अहिलेसम्म २ जना विदेशी नागरिकको पनि ज्यान गएको छ।

अमेरिका र जापानले आफ्ना नागरिकको चीनमा उक्त भाइरसका कारण ज्यान गएको पुष्टि गरेका छन्। त्यस्तै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसका बारेमा अफवाह नफैलाउन चेतावनी दिएको छ। डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस अडानोम गेबेरियससले ट्रोल र षडयन्त्रले कारण कोरोना भाइरसविरुद्ध लडिरहेकाहरुलाई कमजोर बनाउने भन्दै त्यसो नगर्न चेतावनी दिएको छ।

सहि जानकारीबाट मात्र व्यक्ति आफू र अरुको सुरक्षा गर्ने भन्दै महानिर्देशक गेबेरियससले आफूहरु कोरोना भाइरस मात्र नभइ ट्रोल र षडयन्त्रका विरुद्धमा पनि लड्नुपरेको बताए। उपचारमा संलग्न डाक्टरहरुको तस्विरलाई लिएर ट्रोल बनाउने, कोरोनाको उत्पती र असरबारेमा भ्रमण फैलाउने, संक्रमण र मृत्युबारेमा अनर्गल प्रचार गर्ने लगायतका क्रियाकलाप बढेपछि डब्लुएचओको यस्तो प्रतिक्रिया आएको हो।

Recent Comments

No comments to show.