अजिता भुजेलको हत्यामा संलग्न सार्वजनिक

अजिता भुजेलको हत्यामा संलग्न सार्वजनिक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौडा,२१ माघ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ की अजिता भुजेलको हअत्यामा संलग्न ५ जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।

मकवानपुरको क्याम्पाडाडाँमा गत माघ ४ गते बिहान तेस्रो लिंगी भुजेलको शव अर्धनग्न अवस्थामा फेला परेको थियो।

हेटौंडा– ११ थाना भर्‍याङकी तेस्रो लिंगी अजिता यौन व्यवसायमा संलग्न रहेको र ग्राहकसँग रकम माग्दा उनको हत्या भएको प्रहरीले दाबी गरेको छ। हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिकाकी २० वर्षीया एलिसा पाख्रिन, २४ वर्षीय आशिष बल, २१ वर्षीय बुद्ध लामा, १८ वर्षीय सिमोन परियार र २५ वर्षीय शुसिल थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरूले थानाभञ्याङमा ना ६ ख ६५२७ नम्बरको ट्रकभित्र भुजेलको हत्या गरेर क्याम्पाडाँडामा लगेर फालेको अनुसन्धानबाट खुलेको छ।

सात हजार रुपैयाँ दिने सहमतिमा यौनसम्पर्क राखे पनि पछि पैसाको निहुँमा विवाद उत्पन्न भएको थियो। विवाद बढ्दै गएपछि उनीहरूले अजितालाई ट्रकभित्र बिजुलीको तारले घाँटी अठ्याएर हत्या गरेको अनुसन्धानबाट खुलेको मकवानपुर प्रहरीले जनाएको छ।

Recent Comments

No comments to show.