मुक्तिनाथ विकास बैंकको वीरगञ्ज शाखा कार्यालयमा आगलागी

मुक्तिनाथ विकास बैंकको वीरगञ्ज शाखा कार्यालयमा आगलागी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा– वीरगञ्जको लिंकरोडस्थित मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयमा आगलागी भएको छ।

नगर विकासको भवनमा रहेको बैंकको शाखामा बिजुलीको तार सर्ट हुँदा शुक्रबार राति ११ बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

आगलागीबाट एक दर्जन कम्प्युटर, तीन थान प्रिन्टर, २ सेट सोफा, ४ थान एसी, फर्निचरलगायत सामान र कागजपत्र जलेर नष्ट भएको बैंकले जनाएको छ। उनका अनुसार महत्त्वपूर्ण कागजात र रकम भने सुरक्षित छ।

आगलागीबाट १५ लाख रूपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको भए पनि यसको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

सुरक्षा गार्डले बैंकभित्र आगो लागेको देखेपछि प्रहरीलाई जानकारी दिएका थिए।

आगलागीको कारण भने खुलेको छैन। प्रहरीले विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरेको छ।

Recent Comments

No comments to show.