ललिता निवास जग्गा हिनामिनाको अनुसन्धान प्रतिवेदन सीआईबीले बुझायो गृहलाई

ललिता निवास जग्गा हिनामिनाको अनुसन्धान प्रतिवेदन सीआईबीले बुझायो गृहलाई

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भूमाफिया र कर्मचारीको मिलोमतोमा बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना भएको निष्कर्षसहित अनुसन्धान प्रतिवेदन शुक्रबार सरकारलाई बुझाएको छ। 

प्रतिवेदनमा जग्गा अनियमिततामा संलग्नहरुमाथि भ्रष्टाचार, ठगी र किर्तेको अभियोगमा कारवाहीको सिफारिस गरिएको छ ।

सरकारले २०७५ फागुन २८ गते ललिता निवासको जग्गा हिनामिनाको अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दिएको थियो ।

सीआईबीले अनुसन्धान कार्य सकेर प्रतिवेदन प्रहरी प्रधान कार्यालयमार्फत गृह मन्त्रालयमा बुझाईएको सीआईबी स्रोतले जानकारी दिएको हो ।

Recent Comments

No comments to show.