भृकुटीमण्डपमा नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी छैटौं संस्करण सुरु

भृकुटीमण्डपमा नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी छैटौं संस्करण सुरु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ माघ ।  शुक्रबारदेखि भृकुटीमण्डपमा ‘नेपाल उड इन्टरन्यासनल एक्स्पो’ को छैटौं संस्करण सुरु भएको छ ।

मिडिया स्पेस सोलुसन्स र फ्युरेक्स ट्रेड फेयर एण्ड इभन्ट प्रालिले संयुक्त रुपमा आयोजना गरेको एक्स्पोको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले गरेका छन  ।

फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले काठ ब्यबसायसँग सम्बन्धित उत्पादन तथा नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले मेलाको आयोजना गरिएको आयोजक संस्था मिडिया स्पेस सोलुसन्सका निर्देशक सृजल भट्टराईले बताए । 

एक्स्पोमा भारत, चीन, अमेरिका इटाली र जर्मनीलगायत विभिन्न १० देशका १७३ ब्रान्ड प्रदर्शनीमा राखिएको उनले बताए ।

एक्स्पोकोमा प्रवेश निःशुल्क गरिएको छ । १५ देखि २० हजारसम्म दर्शकले मेलाको अवलोकन गर्ने विश्वास आयोजक संस्था  लिएको छ  ।

Recent Comments

No comments to show.