जनता जागरुक हुनुपर्ने समय आएको छ-कमल थापा

जनता जागरुक हुनुपर्ने समय आएको छ-कमल थापा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – शहीदहरुको सम्झनामा आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्य निरुपण आयोग पनि राजनीतिक दलहरुको भागवण्डामा बन्नु दुर्भाग्यपूर्ण भएको बताएका छन्। 

अध्यक्ष थापाले द्वन्द्वकालका जनधनको क्षतीको यथार्थ बुझ्न गठित आयोग पनि राजनीतिक दलहरुको भागवण्डामा बन्नु दुर्भाग्यपूर्ण भएको भन्दै यस्तो आयोगबाट आउने परिणाम निष्पक्ष हुने र वास्तविक पीडितले न्याय पाउनेमा शंका व्यक्त गरे।

थापाले शहीदका सपना साकार पार्ने भनेर सरकारी दस्तावेजहरुमा ठुल्ठुला अक्षरले लेखिएतापनि कार्यान्वयन त्यसको ठिक विपरित हुने परिपाटीले शहीदहरुको उचित सम्मान हुन नसकेकोमा चिन्ता व्यक्त गरे।

अध्यक्ष थापाले यो अवस्थाको अन्त्य गर्न सबै जनता जागरुक हुनुपर्ने समय आएको समेत उल्लेख गरे। ‘जनताले अब पार्टीको रैती होइन, स्वाभीमानी राष्ट्रवादी नेपाली भएर सोच्दै आफ्नो विवेकको प्रयोग गर्ने अवस्था निर्माण भएमात्र शहीदप्रति सच्चा श्रद्धाञ्जली हुन्छ।’, थापाले भने।

जनताले पार्टीको रैतीको भूमिका मात्र निर्वाह गरेका कारण हत्यारा, बलात्कारी र जघन्य अपराधमा मुछिएका व्यक्तिहरु राज्यको उच्च ओहदामा पुगेको तितो यथार्थलाई सबैले मनन गर्नुपर्ने उनले बताए।

Recent Comments

No comments to show.