दुबईमा पनि भेटियो कोरोना भाइरस

दुबईमा पनि भेटियो कोरोना भाइरस

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १ सय ७० भन्दा बढी पुगिसकेको छ   । 

अत्यधिक रुपमा फैलिँदै गरेको उक्त भाइरसबाट संक्रमित बिरामी दुबईमा पनि पहिलो पटक भेटिएका छन् ।  

संयुक्त अरब इमिरेट्सले बुधबार नयाँ चिनीयाँ भाइरस संक्रमित बिरामी भेटिएको पुष्टी गरेको छ । युएईका स्वास्थ्य अधिकारीहरुका अनुसार वुहानबाट चीन पसेका एकै परिवारका चार व्यक्तिमा कोरोना भाइरस देखिएको हो । 

उनीहरुमा फ्ल्यूको लक्षण देखा परेको छ । चिकित्सकका अनुसार हाल उनीहरुको उपचार युएई अस्पतालमा भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार इमिरेट्सका अधिकारीहरुले विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस सम्बन्धी जारी गरेको आवश्यक सावधानी, वैज्ञानिक सिफारिस, सर्त र मापदण्ड अनुरुप सावधानी अपनाएका छन् । सामान्य स्वास्थ्य अवस्था चिन्ताको विषय होइन । 

युएईमा सरकारी र सरकारी सहयोगी सञ्चार माध्यमले बुधबार यस विषयमा ध्यानआर्कषण गराएको थियो । कोरोना भाइरसबाट संक्रमित भएका व्यक्तिहरुको अवस्था र परिस्थिति नियन्त्रणमा रहेको बताएका थिए । 

अरब स्वास्थ्यमा यस हप्ता दुबईको एक ट्रेड शोमा इमिरेट्स र कार्यक्रममा उपस्थित हुने मानिसहरुले भीडमा मास्क लगाएर हिँडिरहेका थिए । इमिरेट्सले बेइजिङ, गोङजाओ, साङ्गाई र हङकङको उडान जारी गरेको छ ।

Recent Comments

No comments to show.