गैंडाको खाग सहित २ जना पक्राउ

गैंडाको खाग सहित २ जना पक्राउ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– दुर्लभ वन्यजन्तु गैंडाको खाग सहित दुइ  व्यक्ति पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा काठमाडौंको गोल्फुटार क्षेत्रमा घर भइ चाबहिल बस्दै आएका ४६ वर्षी लब खत्री र बाजुराको बुढीगंगा नगरपालिका–६ घर भइ काठमाडौंको कपन बस्दै आएका २२ वर्षी दिनेश थापा छन् ।

उनिहरु लाई  महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको टोलीले दुवै जनालाई गैंडाको खागसहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुले २५ लाख रुपैयाँमा गैंडाको खाग बिक्री गर्न लागेका थिए । खाग किन्ने ग्राहकसँग ‘बार्गेनिङ’ समेत मिलिसकेको अवस्थामा प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौं, हात्तीसारमा पठाइएको प्रहरीले जानकारी दिएको छ । 

Recent Comments

No comments to show.