खोटाङमा भिरबाट लडेर वृद्धको मृत्यु

खोटाङमा भिरबाट लडेर वृद्धको मृत्यु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी—१४ बस्ने ५९ वर्षीय कर्णबहादुर राईको भिरबाट लडेर मृत्यु भएको छ। 

सोमबार दिक्तेल रुपाकोट मझुवागढीबाट आफ्नो घरतर्फ जान्छु भनि हिँडेका राई दुई दिनसम्म घरसम्म घर नफर्केपछि आफन्तले खोजतलास गरेका थिए ।

खोजीको क्रममा उनलाई सिद्धबोटे भिरबाट लडी मृत्यु भएको अबस्थामा फेला पारिएको भनि प्रहरी चौकी बुईपामा आफन्तले नै जानकारी गराएका थिए ।

सो घटनाको कानुनी कारबाही तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Recent Comments

No comments to show.