आजबाट शुरु हुँदै छैठौ नुवाकोट महोत्सव-पुर्व रााष्ट्रपति यादवद्वारा उद्घाटन

आजबाट शुरु हुँदै छैठौ नुवाकोट महोत्सव-पुर्व रााष्ट्रपति यादवद्वारा उद्घाटन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । ‘धार्मिक ऐतिहासिक कला संस्कृतिको सम्बर्द्धन दिगो आर्थिक विकासको लागि व्यवसायिक प्रबर्द्धन’ भन्ने मूल नाराका साथ छैठौं नुवाकोट महोत्सव आजबाट शुरु हुँदै  छ।

महोत्सवको  उद्घाटन आज  दिउँसो पुर्व रााष्ट्रपति डा. रामवरण यादवद्वारा हुने नुवाकोट उद्योग वाणिज्य संघले  जनाएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी नुवाकोट उद्योग वाणिज्य संघले आयोजना गर्ने महोत्सव आगामी माघ १६ देखि २६ गतेसम्म चल्नेछ । 

 महोत्सवमा करिव एक करोडको कारोवार गर्ने लक्ष्य राखिएको छ । 

महोत्सव विदुर नगरपालिकाको बट्टार बसपार्कमा सञ्चालन हुने महोत्सवमा कृषि, पशु, हस्तकला तथा घरेलु उत्पादनको बिक्री एवं प्रदर्शनी हुने छ ।

महोत्सव सञ्चालनका लागि ११ सदस्यीय मूल कार्यसञ्चालन समिति तथा ३० उपसमिति गठन गरिएको छ । संघका सदस्यहरुलाई निशुल्क पासको व्यवस्था गरिएको छ भने संघमा आबद्ध व्यवसायीहरुले २५ प्रतिशत छुटमा स्टल लिन सकिने नुवाकोट उद्योग वाणिज्य संघले जनाएको छ ।

त्रिशूलीको कान्छी बदाम, शिखरबेसीको चामल, ककनीको ट्राउट माछा, स्ट्रबेरी, किस्पाङको भुइँस्याउ, जिल्लाको गोरुजुधाइ कार्यक्रम,सांस्कृतिक र धार्मिक स्थल महोत्सवको प्रमुख आकर्षण रहने छन ।

Recent Comments

No comments to show.