चिनियाँ नागरिकलाई १५ दिनका लागि नेपाल प्रवेशमा रोक

चिनियाँ नागरिकलाई १५ दिनका लागि नेपाल प्रवेशमा रोक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि चिनियाँ नागरिकलाई १५ दिनका लागि नेपाल प्रवेशमा रोक लगाइएको छ।

रसुवाको रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी नाकाबाट चिनियाँ पर्यटकलाई १५ दिनका लागि आवतजावत बन्द गरेको गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए।

चिनियाँ पर्यटकको आवातजावतबाट कोरोना भाइरसको संक्रमण फैलिनसक्ने भएकाले पर्यटकको आवागमन रोकिएको उनले जानकारी दिए। ‘एकातर्फ कोरोना भाइरसको संक्रमणको डर अर्कोतर्फ रसुवागढी पारी ल्होसार पर्व भएकाले दुबै देशको सहमतिमा आवतजावत बन्द गरिएको हो’ शर्माले भने, ‘अहिले बाटो पनि अप्ठ्यारो छ।’

Recent Comments

No comments to show.