भावनामा बगेर सफलता मिल्दैन ,सरकारले युगान्तकारी काम गरेको छ– प्रधानमन्त्री ओली

भावनामा बगेर सफलता मिल्दैन ,सरकारले युगान्तकारी काम गरेको छ– प्रधानमन्त्री ओली

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको उद्घाट सत्रमा बोल्दै नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले  विपक्षीहरुले भनेजस्तो नेपालको अवस्थामा खस्किदो  नरहेको  बताएका छन्। 

आज सुरु भएको नेकपा केन्द्रीय समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले‘ सरकारले के गर्‍यो  हल्ला खुब चलेको छ । सरकारले एउटा पनि काम गरेन भनेर विपक्षीहरुले। उठाउने गरेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘विश्वका विभिन्न सूचकहरुमा नेपालको स्थितिमा उल्लेख्य सुधार आएको छ । विश्व वैकको सूचकांकमा उल्लेख सुधार भएको देखएको छ । ११० औं बाट ९४ मा उक्लिएको छ । यसमा १६ औं स्थान माथि गएका छौं ।’ शान्ति सुव्यवस्थाको स्थितिमा ग्लोबल पिसमा इन्डेक्समा नेपालले १२ विन्दु सुधार गरेर १६५ देश मध्ये ७६औं स्थानमा पुगेको ओलीले सुनाए ।

प्रधानमन्त्री ओलीले ४ प्रतिशतको आर्थिक वृद्धि अहिले ६.५ भन्दा माथिको अवस्थामा पुगेको सुनाए । ‘यस वर्ष हामीलाई केही कुराले धक्का दिएको छ, तर अब सुधार हुन्छ,’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले नेपाल उच्च आर्थिक बृद्धि गरिरहेका विश्वका १० प्रमुख देशको सूचीमा पर्न सफल भएको पनि सुनाए । ‘नेपाल उच्च आर्थिक वृद्धि गरिरहेका १० देशमा परेको भनेर बेलायतको एक अध्ययनले देखाएको छ । द इकोनोमिस्ट भन्ने पत्रिकाको,’ प्रधानमन्त्री ओलीले भने, ‘यो हामीले हाम्रो मुखपत्रमा भनेका होइनौं । अन्तर्राष्ट्रियस्तरमा आर्थिक गतिविधिको अध्ययन गर्ने पत्रिकाले भनेको हो ।’

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार गठन भएपनि लगातार २ वर्षमा वैदेशिक लगानी १३२.५ प्रतिशतले बढेको पनि सुनाए । सरकारले लगानीकर्ताहरुलाई एकीकृत सेवा केन्द्रको स्थापना गरेर सुविधा उपलव्ध गराउन थालेको पनि प्रधानमन्त्री ओलीले सुनाए । ‘प्रत्येक स्थानीय तहमा लगानी ग्रामको स्थापना गर्ने भनेका थियौं, जसमध्ये ३२ मा स्थापना गरिसकेका छौं,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले राष्ट्रिय व्यापार घाटामा कमि ल्याएको पनि बताए । ‘व्यापार घाटामा कमि आएको छ । अधिल्लो वर्षको तुलनामा व्यापार घाटा ६.३ प्रतिशतले घटेको छ,’ प्रधानमन्त्री ओलीले भने ।

Recent Comments

No comments to show.