उत्तरी रसुवाको रसुवागढी नाका नाका आजबाट १५ दिनका लागि बन्द गरिने भएको छ।
मंगलबार रसुवागढीमा नेपाल प्रहरी, चिनियाँ प्रहरी र अध्यागमन कार्यलयका अधिकारीबीच बसेको बैठकले आजबाट नाका बन्द गर्ने निर्णय गरेको हो।
दुवै देशका अधिकारीबीच बसेको बैठकले कोरोना भाइरसको संक्रमण रोक्न केरुङ तर्फ जाने सडकमा हिउँ परेको हुनाले र ढुङ्गाहरु खस्ने भएका कारण दुर्घटना हुने सम्भावना रहेको र ल्होसार पर्वको कारणले नाका बन्द गरिएको शसस्त्र प्रहरी सिमा सुरक्षा २१ नम्बर गुल्मका गुल्मपति लक्षमण थापाले बताउनु भयो ।
नेपालमा एक जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि संक्रमण फैलिन नदिन सरकारले सक्रियता देखाएको छ ।
काठमाडौँ, पोखरा, चितवन, लुम्बिनीलगायत क्षेत्रमा हेल्थ डेस्क नै स्थापना गरेर निगरानी र सतर्कता अपनाइएको छ ।
त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलमा आगन्तुकको परीक्षणका लागि चौविसैघण्टा स्वास्थ्यकर्मीको टोली खटाइएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए ।
प्रतिक्रिया