विधान कार्यान्वयनको माग गर्दै – नेविसंघका नेता आमरण अनशनमा

विधान कार्यान्वयनको माग गर्दै – नेविसंघका नेता आमरण अनशनमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल विद्यार्थी संघको विधान कार्यान्वयनको माग गर्दै नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य नवराज त्रिपाठीले  नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन शुरु गरेका छन्। नेविसंघको विधानमा उल्लेख भएको उमेर हद कार्यान्वयन हुनुपर्ने माग राख्दै नेता  त्रिपाठीले आमरण अनशन शुरु गरेका हुन ।

नेतृत्वले विधान मिचेर एक सय २७ सदस्यीय नेविसंघ तदर्थ समिति ल्याउन खोजेपछि आमरण अनसन सुरू भएको बताइएको छ।

त्रिपाठीले भने ४१ दिनसम्म रिले अनशनमा बसे पनि पार्टीका शीर्ष नेताहरु भागबण्डामामात्रै केन्द्रित हुनुभयो। हाम्रा माग सम्बोधन नभएपछि आमरण अनसनमा बसेको हौं। कि त माग पुरा होस्। नभए झन्डा ओढाउन आउनुस्।ु

पार्टीले आफ्ना माग सम्बोधन नगरेसम्म आफुले अनसन नतोड्ने त्रिपाठीको अडान छ।

 सोमवार नै केन्द्रीय समितिको बैठकमा भाग लिन सानेपा पुगेका सभापति शेरबहादुर देउवाविरुद्ध नारावाजी गरेपछि संस्थापन पक्षसँग झडपसमेत भएको थियो

Recent Comments

No comments to show.