घुस लिएको अभियोगमा गुठी संस्थानका प्रमुख प्रशासक र उप–प्रशासक विरुद्ध मुद्दा दर्ता

घुस लिएको अभियोगमा गुठी संस्थानका प्रमुख प्रशासक र उप–प्रशासक विरुद्ध मुद्दा दर्ता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थानका  प्रमुख प्रशासक नारायण चौधरी र उप–प्रशासक जयप्रसाद रेग्मीविरुद्ध घुस अभियोगमा मुद्दा दर्ता गरेको छ ।

उनीहरुले काठमाडौं महानगरपालिका वडा नं– १ स्थित जग्गा सम्बन्धी गुठी संस्थानमा चलिरहेको मुद्दाको सम्बन्धमा गुठीको जग्गा गुठीमै कायम गरिदिने शर्तमा सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ ।

घुस लिएको अभियोगमा केही दिन अघि अख्तियारको टोलीले दुबैजनालाघ नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा संस्थानका प्रशासक चौधरी र उप–प्रशासक रेग्मीको प्रत्यक्ष योजना र मिलेमतोमा गुठीको जग्गा गुठीमा नै दर्ता गरी दिने शर्तमा सेवाग्राहीसँग आठ लाख लिएको प्रमाण फेला परेको अख्तियारले जनाएको छ ।

Recent Comments

No comments to show.