साढे ५ अंकले बढ्यो नेप्से परिसूचक

साढे ५ अंकले बढ्यो नेप्से परिसूचक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आज नेप्से परिसूचक ५.५२ अंकले बढेर १ हजार ३ सय ६.१५ अंकमा पुगेको छ ।

मंगलवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स भने घट्यो । आज सेन्सेटिभ इन्डेक्स ०।४८ अंकले घटेर २ सय ७८।६७ अंकमा झरेको छ ।

मंगलवार कारोबारमा आएका मध्ये बैकिङ्ग, होटल, जलविद्युत र ट्रेडिङ समुहको सूचक घट्यो भने अन्य सबै समुहको सूचक बढ्यो । सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक घट्यो । ट्रेडिङको सूचक २.९१ प्रतिशत बढ्यो । त्यस्तै, होटल समुहको १.९३ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

सबैभन्दा धेरै निर्जीवन बिमा कम्पनीको सूचक बढ्यो । निर्जीवनको सूचक २.६० प्रतिशत बढ्यो । त्यस्तै, जीवन बिमाको १.१९ प्रतिशत, लघुवित्तको २.०७ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

 नेप्से मा सूचीकृत कम्पनीहरुमध्ये १२ वटा वाणिज्य बैंकहरु ‘ए’ वर्गमा पर्न सफल :-

नेप्सेले प्रत्येक त्रैमासमा सूचीकृत कम्पनीहरुको वर्गीकरण गर्ने गर्छ । जसअनुसार नेप्सेले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वर्गीकरणमा १२ वटा वाणिज्य बैंकहरु ‘ए’ वर्गमा पर्न सफल भएका हुन् । ‘ए’ वर्गमा पर्न सफल वाणिज्य बैंकहरुमा बैंक अफ काठमाण्डू, सिटिजन्स इन्टरनेसनल बैंक, ग्लोबल आईएमई बैंक, कुमार बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एसिया बैंक, एनएमबी बैंक, सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन्।

यसैगरी नेप्सेले ३२ वटा कम्पनीहरुलाई ‘जी’ वर्गमा पारेको छ । जसमा १६ वटा लघुवित्त र १५ वटा जलविद्युत् कम्पनीहरु परेका छन्। शिवम् सिमेन्टलाई पनि नेप्सेले ‘जी’ वर्गमा पारेको छ ।

Recent Comments

No comments to show.