एमसीसी छिट्टै अनुमोदन गर्नुपर्छ – प्रधानमन्त्री केपी शर्मा ओली

एमसीसी छिट्टै अनुमोदन गर्नुपर्छ – प्रधानमन्त्री केपी शर्मा ओली

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग भएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता छिट्टै अनुमोदन गर्ने बताएका छन्।

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई तथा शुभकामना दिन प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गरेका ओलीले यसै अधिवेशनबाट एमसीसी अनुमोदन गर्नुपर्नेमा जोड दिए ।

 शुभकामना दिँदै ओलीले   हाम्रा कामहरुलाई संसदले पनि सरकारले पनि तीव्र गतिमा अगाडि बढाउन जरुरी छ। अब ढिला गरेमा हामी पछाडि पर्छौँ। धेरै अगाडिदेखि बढ्दै आएको ६-७ प्रधानमन्त्री गुजार्दै आएको एमसिसी यसै अधिवेशनमा पारित गर्नुपर्छ,”  ।

उनले एमसीसीलगायत अन्य विभिन्न विधेयकहरु पनि तीव्रताका साथ पारित गर्नुपर्नेमा जोड दिए। ओलीले ठूला असहतिका बावजुद सहमति जुटाउँदै दलहरु यस ठाउँमा उभिएको बताए ।

‘हाम्रो समाजको चरित्र पनि त्यस्तै छ, हामी संघर्ष गरेर पनि अन्तिममा सहमतिमा पुग्छौँ’, उनले थपे, ‘२००७ सालमा आन्दोलन र सशस्त्र संघर्ष भएर सम्झौतामा टुंगियो। जो राणाविरुद्ध आन्दोलन गरियो, उनैलाई प्रधानमन्त्री बनाइयो। जो राजा भागेका थिए, उनैलाई गद्दीमा ल्याएर राखियो, सहमति गरे।’

‘सभाममुख महोदय, केही दिनपछि मैले आजको राजनीतिक अवस्था, विभिन्न अहिले चर्चामा रहेका समसमायिक सान्दर्भिक विषय र हामीले गर्नुपर्ने काम तत्ससम्बन्धमा नेपाल सरकारको दृष्टिकोण आफ्नो समय लिएर राख्नेछु,’ प्रधानमन्त्री ओलीले भने।

Recent Comments

No comments to show.