भ्रमण वर्ष लक्षित गरेर बुद्ध एयरले यही आउदो माघ १८ गतेदेखि सातै दिन काठमाडौं देखि राजविराज सम्म उडान गर्न भएको छ ।
जहाजले काठमाडौँबाट राजविराजका लागि ११ बजेर २५ मिनेटमा तथा राजविराजबाट काठमाडौँका लागि १२ बजेर २० मिनेटमा प्रस्थान गर्ने समय तालिका निर्धारण गरिएको बुद्ध एयरले जानकारी दिएको छ ।
कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “प्रारम्भिक चरणमा बुद्धको ४७ सिट क्षमता भएको विमानले उडान भर्ने तथा यात्रुको चापलाई ध्यानमा राखी ७२ सिट क्षमताको विमानले उडान भर्ने जानकारी दिइएको छ” ।
राजविराज धार्मिक तथा पर्यटकीय हिसाबले महत्त्वपूर्ण सहर हो । यहाँबाट छिन्नमस्ता, बराहक्षेत्र, कोसीटप्पु, सलहेश गहवरका साथै अन्य थुप्रै पर्यटकीय गन्तव्यसम्म सजिलै पुग्न सकिन्छ ।
प्रतिक्रिया