अमेरिकाको स्कट्सबोरोस्थित बन्दरगाहमा भीषण आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
आगो कसरी लाग्यो भन्ने खुलेको छैन तर सडकमुनि बिजुलीको वाइरिङलाई छोप्ने प्लास्टिकमा आगो लागेको अनुमान गरिएको छ ।
आगलागीका कारण ३५ भन्दा बढी डुंगा जलेर ध्वस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
प्रतिक्रिया