प्राङ्गारिक कृषि मेलाको तयारी तीव्र गतिमा

प्राङ्गारिक कृषि मेलाको तयारी तीव्र गतिमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

माघ १७ देखि २० सम्म चौथो प्राङ्गारिक कृषि मेला आयोजना हुँदैछ । ललितपुरको पाटन सङ्ग्रालयमा आयोजना हुने उक्त मेलामा चिया, कफी, जुस, तरकारी, अचार, जैविक मल, च्याउ, डेरीजन्य उत्पादनहरु, हर्बल उत्पादन, मसला, चामल, गहुँ लगायतका अन्नहरु, तेल, मह, राडीपाखीजन्य उत्पादनहरु, बीउमल लगायत रहने मेलाकी संयोजक तथा अर्गानिक एसोसिएसन नेपालकी महासचिव शान्ता बास्कोटा कोइरालाले आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बताउनुभयो ।

मेलामा ५० भन्दा बढी स्टल रहनेछन् ।

करिब १ करोडको कारोबार हुने आयोजकको अपेक्षा छ ।

विषादीयुक्त वस्तुहरुको प्र्रतिकुल प्रभावबाट बच्नेबारे सचेतना जगाउने उद्धेश्यले यो मेला आयोजना गर्न लागिएको हो ।

मेलामा आवश्यक जानकारीको लागि मिडिया कर्नरको समेत व्यवस्था रहेको आयोजक पक्षले जनाएको छ ।

मेला अर्गानिक एसोसिएसन अफ नेपाल र कञ्चनजंगा टि स्टेटको संयुक्त आयोजनामा आयोजना हुन लागेको हो ।

पत्रकार सम्मेलनमा बोल्ने क्रममा संघका अध्यक्ष तथा प्राङ्गारिक अभियन्ता दीपक प्रकाश बास्कोटाले नेपालको उत्पादन विगतमा जैविक नै रहेको तर राज्यले उत्पादन बढाउने उद्धेश्यले विशेष प्रोत्साहन सहित रसायन प्रयोगलाई जोड दिएको कारण अहिले रसायन प्रयोगका विभिन्न दुष्परिणामहरु देखिन थालेको बताउनुभयो ।

स्वास्थ्यको लागि सबैभन्दा महत्वपूर्ण कुरा खाद्यान्न नै हुने बताउँदै अस्पताल र डाक्टर स्वास्थ्य समस्यामा सहायक मात्र हुने मुख्यतः खाना, जमीन र वातावरण शुद्ध हुनुपर्ने बताउनुभयो । यसको लागि निर्विकल्प माध्यम जैविक उत्पादनलाई जोड दिनुपर्ने बताउनुभयो ।

जापान, अमेरिका, भारत, युरोप लगायतमा राज्य मातहत नै विषादी नियन्त्रणमा विशेष पहल भइरहेको तर नेपालमा राज्यले यस बारे त्यति चासो नराखेको समेत अध्यक्ष बास्कोटाले बताउनुभयो । साथै अर्गानिक मुभमेन्ट एकैपटकमा सफल नहुने बताउँदै निश्चित लक्ष्य लिएर राज्य नै अघी बढेको खण्डमा प्रयाप्त जैविक खाद्य वस्तुहरु उत्पादन गर्न सकिने समेत ऊहाँले बताउनुभएको छ ।

अघिल्लो बर्ष राज्यको सक्रियतामा एक विशेष कार्यक्रम सम्पन्न भएको, एउटा आयोग गठन भई त्यसको आधारमा एक प्रतिवेदन तयार हुनुको अलावा अन्य सचेतनामूलक कार्यक्रमहरु राज्यबाट सञ्चालन कार्य केही हद सम्म अघी बढ्नुले केही सकारात्मक सङ्केतहरु पनि देखिएको बताउनुभयो ।
मेलाको तयारी तीव्र गतिमा अघी बढेको समेत आयोजक पक्षले जानकारी गराएको छ ।


Recent Comments

No comments to show.